बेलायतमा देखियो ओमिक्रोनको सहप्रजाति, ४०० जनाभन्दा बढी संक्रमित

बेलायतमा देखियो ओमिक्रोनको सहप्रजाति, ४०० जनाभन्दा बढी संक्रमित

एजेन्सी  |  विदेश  |  माघ ९, २०७८

बेलायतमा ओमिक्रोनको सहप्रजाति देखिएको छ । बेलायतमा गरिएका परीक्षणमा ४०० भन्दा बढी जनामा सहप्रजाति देखिएको हो । ओमिक्रोन बीए.२ लाई थप अनुसन्धानमा राखिएको बेलायतको स्वास्थ्य सुरक्षासम्बन्धी निकाय (यूकेएचएसए)ले जनाएको छ । अहिलेसम्म ४२६ जनामा सो संक्रमण पुष्टि भएको छ । 

यसअघिका विश्लेषणले नयाँ सहप्रजाति ओमिक्रोनभन्दा छिटो फैलिन सक्ने विश्लेषण गरिएको थियो तथापि वैज्ञानिकहरु यसबारे निश्चित हुन सकेका छैनन् । सहप्रजातिलाई भेरिएन्ट अफ कन्सर्न भने घोषणा गरिएको छैन । 

सहप्रजातिबारे थप विश्लेषण गरिने यूकेएचएसएले जनाएको छ । सहप्रजातिले आगामी साता बेलायतको महामारीलाई कसरी आकार दिन्छ भन्नेबारेमा प्रष्ट हुन बाँकी छ । सहप्रजातिले महामारीलाई कस्तो स्वरूपमा लैजान्छ भन्नेबारेमा विज्ञहरूले थप अनुसन्धान गरिरहेका यूकेएचएसएका निर्देशक डा. मीरा चन्दले बताइन् । 

बेलायतमा सरकारले काेभिड प्रतिबन्धलाई खुकुलाे पार्ने तयारी गरेकाे छ । अब सार्वजनिक स्थलमा मास्कबिना नै हिँडडुल गर्न पाइने भएकाे छ ।