‘पुष्पा’को सफलतापछि अल्लुले बढाए पारिश्रमिक

‘पुष्पा’को सफलतापछि अल्लुले बढाए पारिश्रमिक

एजेन्सी  |  लोकरञ्जन  |  माघ ९, २०७८

फिल्म ‘पुष्पा : द राइज’ पछि अभिनेता अल्लु अर्जुन सफलताको अर्को सिँढीमा उक्लिएका छन् । यही कारण उनले ‘पुष्पा : द रुल’का लागि आफ्नो पारिश्रमिक बढाएका छन् । यो फिल्म मात्र होइन, उनले अन्य फिल्मका लागि पनि बढेको पारिश्रमिक लिनेछन् । उनले पारिश्रमिक मूल्य सय करोड भारु पुर्‍याएका छन् ।

फिल्ममा एटलीको निर्देशन र लायका प्रोडक्सनको निर्माण हुनेछ । लायका प्रोडक्सनले यसअघि तमिलमा ‘२.०’, ‘कैथी’ र ‘दरबार’ जस्ता फिल्म निर्माण गरिसकेको छ । एटलीले ‘मार्सल’, ‘थेरी’ र ‘बिजिल’ जस्ता फिल्म दर्शकलाई दिइसकेका छन् ।

अल्लुले सय करोड पारिश्रमिक तोके पनि त्यो लगानी उठाउन प्रोडक्सन हाउसलाई कुनै चिन्ता छैन किनकि उनीहरूलाई अल्लुको कामप्रति विश्वास छ ।

फिल्म ‘पुष्पा’ पछि अभिनेत्री रश्मिका मन्दानाले पनि पारिश्रमिक बढाएकी छन् । उनले ‘पुष्पाः द रुल’का लागि ४ करोड भारु पारिश्रमिक लिने घोषणा गरिसकेकी छन् ।