३५ करोड मानिस कोरोना संक्रमित, ५६ लाख जनाको मृत्यु

३५ करोड मानिस कोरोना संक्रमित, ५६ लाख जनाको मृत्यु

एजेन्सी  |  विदेश  |  माघ १०, २०७८

कोरोना भाइरस संक्रमणको महामारीले २ वर्ष पूरा गरिसक्दा ३५ करोडभन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।

सन् २०१९ को अन्त्यतिरदेखि कोरोना भाइरस संक्रमण सुरु भएको थियो । २४ जनवरी २०२२ को बिहान ४ बजे वर्ल्डोमिटरले अपडेट गरेको विवरणअनुसार विश्वभर हालसम्म ३५ करोड २१ लाख २६ हजार ९०७ जना मानिस कोरोनाबाट संक्रमित भएका छन् । 

कोरोनाबाट सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा ७ करोड १९ लाख २५ हजार ९३१ जना संक्रमित भएका छन् ।

अमेरिकापछि भारतमा ३ करोड ९५ लाख ४३ हजार ३२८ जना, ब्राजिलमा २ करोड ४० लाख ४४ हजार ४३७ जना, फ्रान्समा एक करोड ६६ लाख ९२ हजार ४३२ जना, बेलायतमा एक करोड ५८ लाख ५९ हजार २८८, रुसमा एक करोड ११ लाख ८ हजार १९१ जना, टर्कीमा एक करोड ९ लाख ४७ हजार १२९ जना र इटालीमा ९९ लाख २३ हजार ६७८ जना संक्रमित भएका छन् । 

कोरोना संक्रमणबाट हालसम्म ५६ लाख १४ हजार ७८८ जनाको मृत्यु भएको छ । वर्ल्डोमिटरका अनुसार सबैभन्दा बढी अमेरिकामा ८ लाख ८९ हजार १९७ जनाले ज्यान गुमाएका छन् । त्यसपछि क्रमश: ब्राजिलमा ६ लाख २३ हजार १४५ जना, भारतमा ४ लाख ८९ हजार ८९६ जना, रुसमा ३ लाख २६ हजार ११२ जना, मेक्सिकोमा ३ लाख ३ हजार १८३ जना र पेरुमा २ लाख ४ हजार ३२३ जनाको मृत्यु भएको छ । 

यीबाहेक एक लाखभन्दा बढी नागरिक गुमाउने फ्रान्स, बेलायत, इटाली, जर्मनी, अर्जेन्टिना, इरान, कोलम्बिया, पोल्याण्ड, इन्डोनेसियासहितका देशहरू छन् ।

साथै, संक्रमितको संख्या ३५ करोडभन्दा बढी हुँदा र ५६ लाखभन्दा बढी मानिसले ज्यान गुमाउँदा २७ करोडभन्दा बढी व्यक्तिले कोरोनालाई जितेका छन् । वर्ल्डोमिटरका अनुसार २७ करोड ९८ लाख ५२ हजार २३ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।