क्यामरुनमा नाइट क्लबमा आगो लाग्दा १६ जनाको मृत्यु

क्यामरुनमा नाइट क्लबमा आगो लाग्दा १६ जनाको मृत्यु

एजेन्सी  |  विदेश  |  माघ १०, २०७८

क्यामरुनको राजधानी शहर याओउन्डीस्थित एउटा नाइट क्लबमा आगो लाग्दा कम्तीमा १६ जनाको मृत्यु भएको छ । आगलागीमा ८ जना घाइते भएका छन् । नाइट क्लबमा राखिएको पटका पड्किँदा आगो लागेको हो । पटाकाबाट सल्किएको आगो केही मिनेटमा क्लबभर फैलिएको थियो । 

घटनाबारे सरकारले अनुसन्धान सुरु गरेको छ । बिस्फोटमा मृत्यु भएका व्यक्तिका आफन्तप्रति राष्ट्रपति पाउल वियाले गहिरो समवेदना व्यक्त गरेका छन् ।

आगलागीमा जलेकामध्ये केहीको अवस्था गम्भीर रहेको प्राप्त विवरणहरूमा जनाइएको छ । क्यामरुनमा यसअघि पनि नाइट क्लबमा आगो लाग्दा क्लबमा रमाउन गएका मानिसहरूको जलेर मृत्यु भएको थियो ।