युभेन्ट्स मिलान बराबर, शीर्ष स्थानको इन्टरलाई फाइदा

युभेन्ट्स मिलान बराबर, शीर्ष स्थानको इन्टरलाई फाइदा

एजेन्सी  |  खेलकुद  |  माघ १०, २०७८

इटालियन सिरिज 'ए'मा आइतबार राति भएको खेलमा युभेन्ट्ससँग गोलरहित बराबरीमा रोकिएपछि एसी मिलानले शीर्ष स्थानको  इन्टर मिलानसँग अंक दूरी कम गर्ने अवसर गुमाएको छ । 

मिलानले जीतको लक्ष्यसहित युभेन्ट्समाथि दबाब बढाए पनि सफल भएन । इन्टरले शनिबार भेनेजियालाई २-१ ले हराउँदै शीर्ष स्थानमा ५ अंकको अग्रता लिएको थियो । 

इन्टरको २३ खेलमा ५३ अंक छ, जुन ४९ अंकसहित दोस्रो स्थानमा बसेको नेपोली र तेस्रो स्थानको मिलानभन्दा ४ अंक बढी हो । 

इन्टरले एसी मिलानभन्दा एक खेल कम खेलेको छ । एट्लान्टा ४३ अंकसहित चौथो स्थानमा छ भने पाँचौँ स्थानको युभेन्ट्सको ४२ अंक छ ।

नेपोली भने सेलनिटानालाई ४-१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको हो । त्यस्तै, रोमाले इम्पोलीलाई ४-२ ले निराश बनायो ।