वेष्ट इन्डिजविरुद्ध इंग्ल्यान्ड १ रनले विजयी

वेष्ट इन्डिजविरुद्ध इंग्ल्यान्ड १ रनले विजयी

एजेन्सी  |  खेलकुद  |  माघ १०, २०७८

इंग्ल्यान्डले दोस्रो टी- २० खेलमा वेस्ट इन्डिजलाई १ रनले पराजित गरेको छ । रोमाञ्चक जीतसँगै ५ टी- २० शृंखला  १-१ बराबरीमा पुगेको छ । यसअघि पहिलो खेलमा वेष्ट इन्डिजले ९ विकेटले जितेको थियो । 

घरेलु मैदानमा १७२ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७० रन बनायो । 

वेस्ट इन्डिजका अकेअलल हुसेन र रोमारियो सेफर्डले समान ४४ रनको योगदान गरे । यस्तै, निकोलस पुरनले २४ रन बनाउँदा ड्यारेन ब्राभोले २३ रन बनाए । 

भ्रमणकारी टोली इंग्ल्यान्डका मोइन अलीले सर्वाधिक ३ विकेट लिए । यस्तै, आदिल रासिदले २ विकेट लिँदा रोस टोपली र क्रिस जोर्डनले समान १ विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनायो । 

उसका जेसन रोयले सर्वाधिक ४५ रन बनाए । यस्तै, मोइन अलीले ३१ रन बनाउँदा क्रिस जोर्डनले २७ रन बनाउँदा टम ब्यान्टनले २५ रनको योगदान गरे । वेस्ट इन्डिजका फेबिएन एलेन र जेसन होल्डरले समान २ विकेट लिए ।