मैत्रीपूर्ण फुटबल खेल्न मौरिसस टिम नेपाल आइपुग्याे

मैत्रीपूर्ण फुटबल खेल्न मौरिसस टिम नेपाल आइपुग्याे

लोकसंवाद संवाददाता  |  खेलकुद  |  माघ १०, २०७८

२ वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न मौरिससको टिम नेपाल आइपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष शिक्षित पराजुली र रमेश रायमाझीले खेलाडीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । 

नेपाल र मौरिससबीचको खेल १५ र १८ माघमा दशरथ रंगशालामा हुनेछ । खेल हुने समय भने बताइएको छैन । दर्शकको विषयमा एन्फाले कुनै धारणा बनाएको छैन । पछिल्लो समय कोभिड- १९ को संक्रमण उच्च बन्दै गएपछि सवारी साधनमा समेत जोरबिजोर प्रणाली लागू गरेकाे छ । 

यस्तै, सरकारले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएको छ । हाल नेपाली टोली सातदोबाटोस्थित एन्फा मुख्यालयमा प्रारम्भिक प्रशिक्षण गरिरहेको छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले ३४ जना खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन्, जसमा ९ जना खेलाडीले पहिलो पटक अवसर पाएका छन् ।