पाकिस्तानी सर्वोच्चमा अदालतमा पहिलो महिला न्यायाधीश

पाकिस्तानी सर्वोच्चमा अदालतमा पहिलो महिला न्यायाधीश

एजेन्सी  |  विदेश  |  माघ १०, २०७८

पाकिस्तानमा पहिलो पटकमा सर्वोच्च अदालतमा महिला न्यायाधीश नियुक्त भएकी छन् । न्यायाधीश आयसा मलिकले सोमबार सर्वोच्च आदलतको न्यायाधीशको शपथ खाएर इतिहास रचेकी हुन् । 

बिहीबार पाकिस्तानको न्याय सेवा आयोग (जेसीपी)ले मलिकलाई सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । आयोगका ५ सदस्यमध्ये ४ जनाले उनको पक्षमा मतदान गरेका थिए । सर्वोच्चका प्रधानन्यायाधीश गुल्झर अहमेदले सोमबार नै मलिकलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।  

मलिकलाई सर्वोच्चको न्यायाधीश हुन त्यति सहज वातावरण थिएन किनकि उनको प्रमोसनमा देशभरका वकिलहरूले विरोध गरेका थिए । वरिष्ठताका हिसाबले उनी लाहोर उच्च न्यायालयको चौथो वरीयतामा थिइन् । मलिकको नियुक्तिको विरोधमा पाकिस्तान वार काउन्सिलले पनि आन्दोलन घोषणा गरेको थियो । 

सर्वोच्चका १७ जना न्यायाधीशमध्ये अगस्टमा एक जना न्यायाधीश सेवा निवृत्त पाएपछि एउटा सिट रिक्त थियो ।