गाम्बिया र क्यामरुन क्वार्टरफाइनलमा

गाम्बिया र क्यामरुन क्वार्टरफाइनलमा

एजेन्सी  |  खेलकुद  |  माघ ११, २०७८

गाम्बिया र क्यामरुन  अफ्रिका कप अफ नेसन्स फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । सोमबार राति भएको खेलमा घरेलु टोली क्यामरुनले १० खेलाडीमा सीमित कोमोरोसलाई २-१ ले पराजित गर्‍यो ।

जीतसँगै क्यामरुनले अन्तिम ८ मा गाम्बियासँगको भेट पक्का गरेको छ । गए राति नै भएको खेलमा गाम्बियाले गिनीलाई १-० ले पराजित गर्‍यो । 

गाम्बियाको जीतमा मुसा बारोले खेलको ७१औँ मिनेटमा  निर्णायक गोल गरे । खेलमा दुवै टोली १० खेलाडीमा सीमित थिए । 

अब शनिबार हुने क्वार्टरफाइनलमा यी २ टोली भिड्नेछन् ।