मन्त्रीले कर्मचारीलाई थर्काउँदै भने, ‘थुन्दिम् ?’

मन्त्रीले कर्मचारीलाई थर्काउँदै भने, ‘थुन्दिम् ?’

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २, २०७६

काठमाडौं । समाचार संकलनका क्रममा म मन्त्रालय पुगेको थिएँ । सहसचिव नवराज ढकालसँग भेट्ने योजना थियो । ढकाल बैठकमा व्यस्त भएकाले उपसचिव लवराज जोशीसँग कुराकानी गर्दै थिएँ । त्यही क्रममा मन्त्री मात्रिका यादवका निजी सचिव प्रेमप्रसाद आचार्यको कार्यकक्षबाट भनाभन भइरहेको चर्काे आवाज आयो ।

सहसचिव नवराज ढकाल बैठकमा व्यस्त भएकाले उपसचिव लवराज जोशीसँग कुराकानी गर्दै थिएँ म । त्यही क्रममा मन्त्री मात्रिका यादवका निजी सचिव प्रेमप्रसाद आचार्यको कार्यकक्षबाट भनाभन भइरहेको चर्काे आवाज आयो । तत्काल त्यहाँ पुगें । केही कर्मचारीले निजी सचिवले घूस खाएर सरुवा गरेको आरोप लगाइरहेका थिए । उनीहरूले उद्योग विभागमा सरुवा गर्नुपर्नेको नाम काटेको आरोप लगाए । आधिकारिक ट्रेड युनियनका शोभाकार रेग्मी र विश्वबन्धु रेग्मीले घूस खाएरै उद्योग विभागमा सरुवा नगरिएको आरोप लगाइरहेका बेला अरू कर्मचारी पनि टेबल ठोकेर चर्को स्वर गरिरहेका थिए । यत्तिकैमा मन्त्री यादव जंगिँदै बाहिर निस्के । यो समाचार राजु चौधरीले कान्तिपुर दैनिकमा लेखेका छन् ।