'आँखा हेरेरै मृत्युको भविष्यवाणी गर्न सकिन्छ'

'आँखा हेरेरै मृत्युको भविष्यवाणी गर्न सकिन्छ'

एजेन्सी  |  ज्ञानविज्ञान  |  माघ ११, २०७८

के तपाईंले कसैको मृत्युबारे भविष्यवाणी गर्नुभएको छ ?  सर्वसाधारणका लागि निश्चिय पनि यो जटिल कार्य हो । तर, वैज्ञानिकहरूले भने मानिसको आँखा हेरेर उसको मृत्युको भविष्यवाणी गर्न सकिने बताएका छन् । 

अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले एउटा नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कार्यक्रम बनाउन सफल भएका छन्, जसका माध्यमबाट मानिसहरूको रेटिना हेरेर आयु भविष्यवाणी गर्न सकिन्छ । 

यस्ताे भविष्यवाणी रेटिनाको अध्ययनमा आधारित छ । यो अध्ययन कुनै पनि व्यक्तिको स्वास्थ्यबारे गहिरो अध्ययन गर्न चिकित्सकलाई ‘झ्याल’को काम गर्ने दाबी गरिएको छ । 

१९ हजार जनाको नेत्र कोषको अध्ययनपछि एआईले रेटिनाको आयु (रेटिन एज) भविष्यवाणी गर्न सफल भएको मेलबर्नको सेन्टर फर आई रिसर्चले दाबी गरेको छ ।

'मृत्युको बढ्दो जोखिमसँग सम्बन्धित स्नायु रोग र भास्कुलर प्रणालीको रोग विज्ञान प्रक्रियाको अध्ययन गर्न रेटिनाको अध्ययनले अद्वितीय पहुँच प्रदान गरेको छ', अध्ययनका लेखक तथा युनिभर्सिटी अफ मेलबर्न एन्ड सेन्टर फर आई रिसर्चका प्राध्यापक डा. मिङगुअङले भने ।

अध्ययनमा यूके बायोबैंकमा सहभागी ४० देखि ६९ वर्ष उमेर समूहका एक लाख ३० हजार मानिसहरूको रेटिनाको नमुना अध्ययन गरिएको थियो ।