‘बिस्ट’मा थलापति विजयको पारिश्रमिक सय करोड

‘बिस्ट’मा थलापति विजयको पारिश्रमिक सय करोड

एजेन्सी  |  लोकरञ्जन  |  माघ ११, २०७८

दक्षिण भारतीय सुपरस्टार थलापति विजयले आफ्नो पछिल्लो फिल्म ‘मास्टर’बाट दर्शकमाझ एउटा भिन्न पहिचान बनाएका छन् । कोभिडको पहिलो लहरपछि सन् २०२१ मा रिलिज यस फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाइ गरेको थियो ।

‘मास्टर’पछि सबै दर्शक उनको आगामी फिल्म ‘बिस्ट’को प्रतीक्षा गरिरहेका छन् । समाचारअनुसार यस फिल्ममा विजयले सय करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएका छन् । उनको यो पारिश्रमिक फिल्मको बजेटको आधाभन्दा बढी हो ।

सन् २०२१ को मार्चमा ‘बिस्ट’को घोषणा गरिएको थियो । फिल्मको निर्देशन नेल्सन दिलीपकुमारले गरिरहेका छन् । फिल्ममा विजयसँग प्रमुख भूमिकामा पूजा हेगडेको अभिनय छ । एक्सन थ्रिलरको यो फिल्म यसै वर्षको १४ अप्रिलमा रिलिज हुँदै छ । थलापतिले ‘मास्टर’मा ८० करोड भारु पारिश्रमिक लिएका थिए ।

यद्यपि, ‘बीस्ट’का निर्माताले थलापतिको पारिश्रमिक विषयमा पुष्टि गरेका त छैनन् । तर, अभिनेताले भने एक पत्रिकासँगको कुराकानीमा आफूले सय करोड भारु पारिश्रमिक लिएको खुलाएका थिए ।