राष्ट्रियसभा निर्वाचनमा राप्रपाले प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान नगर्ने

राष्ट्रियसभा निर्वाचनमा राप्रपाले प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान नगर्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ ११, २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार हुने राष्ट्रियसभा निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई मात्र मतदान गर्ने भएको छ । आफ्नो पार्टीका उम्मेदवार नभएका प्रदेशमा मतदानमा सहभागिता नजनाउने राप्रपाले निर्णय गरेको छ ।

राप्रपा महामन्त्री भुवन पाठकले मंगलबार विज्ञप्ति जारी गरी प्रदेश १ मा आफ्ना पार्टीका उम्मेदवार अम्मरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई मात्र मतदान गर्न निर्देशन दिएका छन् ।

राप्रपाले प्रदेश १ मा एमालेसँग सहकार्य गर्ने निर्णय गरेको थियो । तर, अहिले त्यो निर्णय परिवर्तन भएको छ ।