जनगणना २०७८ प्रारम्भिक नतिजा : २७ लाख जनसंख्या वृद्धि

जनगणना २०७८ प्रारम्भिक नतिजा : २७ लाख जनसंख्या वृद्धि

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १२, २०७८

काठमाडौँ ।   गत मंसिरमा भएको १२औँ राष्ट्रिय जनगणना २०७८को प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ । जसअनुसार पछिल्लो १० वर्षमा २७ लाख जनसंख्या वृद्धि भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

१२औँ राष्ट्रिय जनगणनाको प्रारम्भिक विवरणअनुसार जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० कायम भएको छ । जुन ११ राष्ट्रिय जनगणना २०६८ को तुलनामा २७ लाख ९७ हजार ९७६ जनसंख्या वृद्धि भएको हो । 

राष्ट्रिय जनगणना २०६८ मा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो । 

१२औँ जगनणनाको प्रारम्भिक विवरणअनुसार पुरूष एक करोड ४२ लाख ९१ हजार ३११ र महिला एक करोड ४९ लाख एक हजार १६९ जना रहेका छन् । जसअनुसार पुरूषभन्दा महिला ६ लाख बढी छन् । 

१० वर्षमा जनसंख्या वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत रहेको छ ।