सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले वृद्धि

सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले वृद्धि

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ १२, २०७८

काठमाडौँ ।  बुधबार नेपाली बजारमा सुनकाे भाउ बढेकाे ५ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य ताेलामा चार सय रुपैयाँले वृद्धि भएकाे छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार चार सय रुपैयाँ कायम भएको छ । मंगलबार पनि सुनकाे मूल्य पाँच सय रुपैयाँले बढकाे थियाे । महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९४ हजारमा कारोबार भएको थियो।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार नाै सय रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँ कायम भएको छ ।