राष्ट्रिय टोलीमा ९ नयाँ अनुहार, २ खेलका लागि २ टिम

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मौरिसससँग हुने २ मैत्रीपूर्ण खेलका लागि सबै ३४ सदस्यीय टोली घोषणा गरेको छ । माैरिसससँग हुने २ खेलमा २ वटा टाेली गठन गरी खेलाडीलाई मैदानमा उतारिने भएकाे छ । 

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १५ र १८ माघमा दशरथ रंगशालामा हुने २ खेलमा लागि जगजित श्रेष्ठ, विमल घर्ती मगर, दर्शक गुरुङ, सुभाष गुरुङ र देवेन्द्र तामाङलाई पुनरागमन गराउँदा ९ नयाँ अनुहारलाई मौका दिएका छन् । 

नयाँ खेलाडीमा गोलरक्षक टीकेन्द्र थापा, शत्रुघन चाैधरी, मिडफिल्डर सुदिप गुरुङ, नवीन गुरुङ, आशिष राई, प्रशान्त अवस्थी, सुशील राई र फरवार्ड आकाश बुढा मगर र कृतिश रत्न छुन्जु रहेका छन् । 

पहिलाे खेल खेल्ने नेपाली टोली

गोलरक्षकः किरणकुमार लिम्बू (कप्तान), दीप कार्की, टीकेन्द्रसिंह थापा
डिफेण्डरः गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरजजीउ ठकुरी
मिडफिल्डरः सुदीप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनीष डाँगी, अन्जन बिष्ट, आशिष लामा
स्ट्राइकरः दर्शक गुरुङ, विमल घर्ती मगर, सुनिल बल, नितिन थापा, आकाश बुढा मगर, कृतिश रत्न छुन्जु, जगजित श्रेष्ठ ।

दोस्रो खेल खेल्ने नेपाली टोली

गोलरक्षकः किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, शत्रुघन चौधरी

डिफेण्डरः गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरजजीउ ठकुरी, पुजन उपरकोटी

मिडफिल्डरः सुमन लामा, तेज तामाङ, नवीन गुरुङ, सुजल श्रेष्ठ, सुभाष गुरुङ, अन्जन विष्ट, आशिष लामा

स्ट्राइकरः विमल घर्ती मगर, अनन्त तामाङ, आशिष राई, एरिक विष्ट, सुशील राई, प्रशान्त अवस्थी, सन्तोष तामाङ ।