मन्त्री झाँक्रीद्वारा स्व. पत्रकार विश्वकर्माका परिवारलाई आधा तलब ट्रान्सफर

मन्त्री झाँक्रीद्वारा स्व. पत्रकार विश्वकर्माका परिवारलाई आधा तलब ट्रान्सफर

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १२, २०७८

काठमाडौँ । समाजवादी प्रेस स‌ंगठन नेपालका संस्थापक सदस्य तथा टिभी टुडेमा कार्यरत क्रियाशील पत्रकार लालबहादुर विश्वकर्माको गत बिहीबार भएको असामयिक निधनप्रति सहरी विकास मन्त्री माननीय रामकुमारी झाँक्रीको  विशेष ध्यानाकर्षण भएको बताउनु भएको छ।  

अछामको ग्रामीण क्षेत्रबाट आएर क्रियाशील पत्रकारिता गरिरहेका लालबहादुर विकले थोरै पैसाको अभावमै ज्यान गुमाएको मन्त्री झाँक्रीले स्तब्ध भएको बताउँदै सोही दुखद घडीलाई मध्यनजर गर्दै माननीय मन्त्री झाँक्रीले आफ्नो आधा महिनाको तलब रकम मृतक विश्वकर्माकी श्रीमतीको अछाममा रहेको नबिल बैँकको खातामा ट्रान्सफर गर्नु भएको जानकारी प्रेस संयोजक कान्ति न्यौपाने जानकारी दिनु भएको छ । प्रेस संयोजक  कान्ति न्यौपानेका अनुसार यो रकम ३२ हजारको हाराहारीमा रहेको छ ।