खोटाङका १० स्थानीय तहमा तोकिए माओवादी केन्द्रका इन्चार्ज र सहइन्चार्ज

खोटाङका १० स्थानीय तहमा तोकिए माओवादी केन्द्रका इन्चार्ज र सहइन्चार्ज

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १२, २०७८

खोटाङका १० वटा स्थानीय तहमा नेकपा (माओवादी केन्द्र)का इन्चार्ज तथा सहइन्चार्ज तोकिएका छन् । नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटीको मंगलबार बसेको बैठकले जिल्लाका २ वटा नगरपालिका र ८ वटा गाउँपालिकाका इन्चार्ज तथा सहइन्चार्ज तोकेको हो ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा होमकाजी आचार्य (विनोद)लाई इन्चार्ज र विकास राईलाई सहइन्चार्ज, हलेसी तुवाचुङ नगरपलिकामा हस्तबहादुर राई (आमोद)लाई इन्चार्ज र चइन्द्र राई (आक्रोश)लाई सहइन्चार्ज तोकिएको छ । 

यस्तै, ऐँसेलुखर्क गाउँपालिकामा श्रीबहादुर राईले इन्चार्ज र श्रीमबहादुर राईले सहइन्चार्ज, खोटेहाङ गाउँपालिकामा उदिम बान्तावा (मुक्ति)ले इन्चार्ज तथा सुशीला बान्तवा र इन्द्र नाराथुङ्गेले सहइन्चार्ज, जन्तेढुंगा गाउँपालिकामा अरुणा राईले इन्चार्ज तथा वीरबल किराती र राजकुमार बिष्टले सहइन्चार्जको जिम्मेवारी पाएका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिकामा अजम्बर राई इन्चार्ज र लक्ष्मीकुमार राई सहइन्चार्ज, बराहपोखरी गाउँपालिकामा निशाना राई इन्चार्ज, रावाबेँसी गाउँपालिकामा सीताराम अधिकारी (भूमि) इन्चार्ज, साकेला गाउँपालिकामा अर्जुन खड्का (झंकार) इन्चार्ज र बिर्सिका राई सहइन्चार्ज तोकिएका छन् ।

केपिलासगढी गाउँपालिकामा भने इन्चार्ज र सहइन्चार्ज तोकिएका छैनन् । इन्चार्ज र सहइन्चार्ज नतोकिएसम्म केपिलासगढीमा जिल्ला समन्वय समितिले हेर्ने नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति खोटाङको संयोजकमा दीपक पाण्डे (आकाश)ले बताए । माओवादी केन्द्रले बराहपोखरी र रावाबेँसी गाउँपालिकाको सहइन्चार्जको टुंगो लगाउन पनि बाँकी राखेको छ । 

प्रदेश कमिटीले नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति खोटाङको संयोजकमा पाण्डे र सचिवमा जीवन राई (संगीन)लाई अघि सारेको छ ।