राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा मत गणना सुरु

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा मत गणना सुरु

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १२, २०७८

राष्ट्रियसभाका ३ सदस्यका लागि लुम्बिनी प्रदेशमा भएको निर्वाचनको मतगणना सुरु भएको छ । 

बुधबार बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म भएको निर्वाचनको मतगणना सुरु भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा लुम्बिनी प्रदेशका लागि मतदान स्थल तोकिएको थियो । 

राष्ट्रियसभाका १९ सिटमध्ये प्रदेश १ मा ३, मधेस प्रदेशमा २, बाग्मतीमा २, गण्डकीमा ३, लुम्बिनीमा ३, कर्णालीमा ३ र सुदूरपश्चिम प्रदेशमा ३ सदस्य चयनका लागि बुधबार निर्वाचन भएको हो ।