'गठबन्धनले मनाउने अन्तिम उत्सव सकियो, अब रियल चुनाव हुन्छ'

'गठबन्धनले मनाउने अन्तिम उत्सव सकियो, अब रियल चुनाव हुन्छ'

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १३, २०७८

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् ।

बुधबार १९ सिटका लागि भएको राष्ट्रियसभा निर्वाचनमा एमालेले एक सिट मात्र जित्दा बाँकी सत्ता गठबन्धनले हात पारेकाे थियाे ।  रिमालले बिहीबार सामाजिक संजालमा भनेका छन्, 'अपहरित पुरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम उत्सव सकियो । चौतर्फी घेरा तोडेर विजयी सोनाम ग्याल्जेन शेर्पालाई हार्दिक बधाई ।'

उनले अहिलेकाे राष्ट्रियसभा निर्वाचन पुरानाे जनमत रहेकाे उल्लेख गर्दै आगामी स्थानीय प्रदेश र संघीय निर्वाचन नै 'रियल' हुने बताएका छन् ।

'अब हुने निर्वाचन रियल हो, जसले नयाँ जनादेशको मानक तय गर्नेछ । स्पष्ट छ, निर्वाचन हुँदा एक्लो एमाले सिंगाे गठबन्धनमाथि भारी हुने भएकैले उनीहरू चुनावबाट भाग्ने बहानाबाजी गर्दै छन् । संविधान र कानुनमा छिद्र पार्दै त्यसबाट छिरेर मिहिनेतका साथ जारी गरिएको संविधान च्यात्ने धुनमा उनीहरू छन्', उनले भनेका छन् ।