एमाले ललितपुरका पूर्वउपाध्यक्ष सिलवाल एकीकृत समाजवादीमा प्रवेश

एमाले ललितपुरका पूर्वउपाध्यक्ष सिलवाल एकीकृत समाजवादीमा प्रवेश

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १३, २०७८

नेकपा एमाले ललितपुरका पूर्वउपाध्यक्ष नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा ललितपुर सहइञ्चार्ज अमृतनाथ तिमल्सिनाका अनुसार बिहीबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सिलवाललाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

सिलवालले एमाले ललितपुरको आठौँ अधिवेशनमा अध्यक्षमा दाबी गरेको थिए । उनी हाल नेकपा एमालेका बाग्मती प्रदेश कमिटी सदस्य थिए । सिलवाल ३ जेठ २०७७ मा जिल्ला कमिटी उपाध्यक्ष निर्वाचित भएका थिए ।

उनी साविककाे गोदावरी गाविसका २ कार्यकाल अध्यक्षसमेत भएका थिए । २०७३ सालको स्थानीय निर्वाचनमा गोदावरी नगरपालिकाको मेयरमा उम्मेदवार भएका सिलवाल नेपाली कांग्रेसका नेता गजेन्द्र महर्जनसँग पराजित भएका थिए ।