कोभिड खोप खेती : अस्पतालद्वारा बिरामीको मुटु प्रत्यारोपण गर्न अस्वीकार

कोभिड खोप खेती : अस्पतालद्वारा बिरामीको मुटु प्रत्यारोपण गर्न अस्वीकार

लोकसंवाद संवाददाता  |  विदेश  |  माघ १३, २०७८

न्युयोर्क । अमेरिकाको बोस्टनस्थित एक अस्पतालले कोभिड १९ विरुद्ध खोप नलगाएको भन्दै विरामीको मुटु प्रत्यारोपण गर्न अस्वीकार गरेको छ । प्रत्यारोपणका लागि विरामीमा कोभिडविरुद्ध खोप ‘आवश्यक’ भएको ब्रिघाम एन्ड ओमन्स हस्पिटलले एक विज्ञप्तिमा जनाएको छ ।

विरामीका बाबु डेभिड फर्गुसनले अस्पतालले  मुटु प्रत्यारोपण कुरिरहेको विरामीको सूचीबाट आफ्ना ३१ वर्षीय छोराको नाम हटाएको सीएनएनलाई बताएका छन् । 

यसअघि प्रत्यारोपणको सूचीमा रहेका ती व्यक्तिले कोभिड खोप लगाउन अस्वीकार गरेका थिए । ‘खोप उसकोे आधारभूत सिद्धान्त विपरित थियो । उसले खोपमा विश्वास नै गरेन,’ फर्गुसनले भने ।

प्रत्यारोपणका लागि विरामीले कोभिड १९ खोपसहित अमेरिकाको रोग नियन्त्रण तथा उन्मूलन केन्द्र, सीडीसीले सिफारिस गरेको खोप लगाउनुपर्ने अस्पतालको विज्ञप्तिमा उल्लेख छ ।