मोदीको हस्ताक्षरयुक्त चेक व्यापारीले नसाटेपछि

मोदीको हस्ताक्षरयुक्त चेक व्यापारीले नसाटेपछि

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २, २०७६

काठमाडौं, एजेन्सी । भारतमा भैरहेको लोकसभा निर्वाचनमा भारतीय निर्वाचन आयोगले लोकसभा उम्मेद्वारको खर्चको सिलिंग ७० लाख रुपैयाँसम्म तोकेको छ । र चुनावी खर्चको भुक्तानी उम्मेद्वारले आफ्नो चुनावी खाताबाट गर्नुपर्नेछ । साथै खर्चको विवरण नियमित रुपमा निर्वाचन आयोगका अधिकारीलाई दिनुपर्ने हुन्छ । 

आफ्नो चुनाव प्रचार सामग्री तथा अन्य चुनावी खर्चको भुक्तानीका लागि व्यापारीलाई प्रधानमन्त्री नरेन्द्र मोदीले चेक दिए पनि खाताबाट पैसा नघटेपछि त्यसको कारण खोजि गरिएको हो । कारण बुझ्दै जाँदा व्यापारीहरुले नरेन्द्र मोदीको हस्ताक्षरयुक्त चेक नसाटिकन फ्रेममा राखि आफ्नो ड्रइंग रुममा सजाएर राखेको पाइयो । 

प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी क्षेत्र काशीको मोर्चा सम्हालीरहेका सुनिल ओझाका अनुसार व्यापारीहरुले चेक साट्नुको सट्टा त्यसलाई फ्रेमिञ गरेर ड्रइगं रुममा सजाउने गरेको पाइयो । हामी व्यापारीलाई चेक साट्न अनुरोध गर्छौं बरु सजाउनका लागि चेकको रंगिन फोटोकपि उपलब्ध गराउने जानकारी दिए । 

प्रधानमन्त्रीको हस्ताक्षरयुक्त चेक प्राप्त गरेका ग्राफिक डिजाइनर गणपतिले भने, प्रधानमन्त्रीको हस्ताक्षर भएको चेक प्राप्त गर्नु मेरो ठूलो भाग्य हो । मैले यो चेक नसाट्नुको कारण प्रधानमन्त्रीप्रति मेरो समपर्ण, सद्भाव र सम्मान हो । साथै यो उनको नीतिप्रतिको आस्था पनि हो, उनले भने ।