राष्ट्रिय सभाको बैठक १७ माघमा

राष्ट्रिय सभाको बैठक १७ माघमा

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १३, २०७८

काठमाडौँ । राष्ट्रिय सभाको बैठक १७ माघ सोमबार बस्ने गरी बोलाइएको छ । संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले बिहीबार सूचना निकालेर १७ माघ सोमबार दिउँसो बजे राष्ट्रिय सभाको बैठक बस्ने गरी निर्धारण गरिएको जानकारी दिएका हुन् । 

यसअघि २ माघमा सूचना निकालेर अर्काे सूचना जारी नभएसम्मका लागि राष्ट्रिय सभाको बैठक स्थगित गरिएको थियो ।