स्थानीय तहको निर्वाचन:आयोगपछि कांग्रेसमा छलफल गर्दै प्रधानमन्त्री देउवा

स्थानीय तहको निर्वाचन:आयोगपछि कांग्रेसमा छलफल गर्दै प्रधानमन्त्री देउवा

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १३, २०७८

काठमाडौँ ।  प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गर्दै छन् । स्थानीय तहको निर्वाचनको मिति तोक्न ताकेता गर्दै निर्वाचन आयोगले आज प्रधानमन्त्री देउवासँग छलफल गर्न लागेको हो ।

आयोगले आगामी ५ जेठसम्म मात्र स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल रहेकाले यदि स्थानीय तहको निर्वाचन गराउने हो भने एक सय २० दिनको समय आवश्यक पर्ने भन्दै छिटो निर्वाचनको मिति तोक्न प्रधानमन्त्रीसँग छलफल गर्न लागेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिएका छन् ।

स्थानीय तहको निर्वाचनबारे धारणा बनाउन प्रधानमन्त्री देउवाले शुक्रवार कांग्रेस केन्द्रीय समितिको बैठक बोलाएका छन् । शुक्रवार भर्चुअल माध्यमबाट केन्द्रीय कार्यसमितिको बैठक बस्नेछ । बैठकमा राष्ट्रिय सभा निर्वाचनको समीक्षासँगै स्थानीय निर्वाचनबारे छलफल हुने बताइएको छ ।