सुनको भाउ ९०० रुपैयाँ घट्यो, चाँदीको २५ रुपैयाँ

सुनको भाउ ९०० रुपैयाँ घट्यो, चाँदीको २५ रुपैयाँ

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ १४, २०७८

सुनको भाउ शुक्रबार प्रतितोला ९०० रुपैयाँले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । बिहीबार भने छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी शुक्रबार तेजावी सुनको भाउ तोलाको ९२ हजार १०० रुपैयाँ निर्धारण भएको छ । 

चाँदीको भाउ पनि घटेको छ । बिहीबार प्रतितोला एक हजार २९० रुपैयाँमा  कारोबार भएको चाँदी शुक्रबार २५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार २६५ रुपैयाँमा भएको छ ।