प्रधानन्यायाधीशले दाेस्राे पटक बाेलाए न्याय सेवा आयाेगकाे बैठक

प्रधानन्यायाधीशले दाेस्राे पटक बाेलाए न्याय सेवा आयाेगकाे बैठक

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १४, २०७८

नेपाल बार एसाेसिएसनकाे लगातारकाे आन्दाेलनका बीच प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले दोस्रो पटक आजका लागि न्याय सेवा आयोगको बैठक डाकेका छन् ।  

यसअघि ६ पुसमा बाेलाइएकाे बैठक बस्दै नबसी स्थगित भएकाे थियाे । तर, नेपाल बारकाे असहमतिका बाबजुत प्रधानन्यायाधीश राणाले आज दिउँसाे २ बजेका लागि बैठक बाेलाएका हुन् ।

प्रधानन्यायाधीश अध्यक्ष रहने आयाेगमा न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य रहने व्यवस्था छ । कानुनमन्त्री बडू कोरोना संक्रमणपछि आइसोलेसनमा छन् । 

अध्यक्ष र अन्य २ जना सदस्य उपस्थित रहेमा गणपूरक संख्या मानिने र बहुमतले निर्णय गर्न सकिने न्याय सेवा ऐन, २०७३ मा उल्लेख छ ।  

खुला प्रतिस्पर्धाबाट आएका जिल्ला न्यायाधीशको नतिजालाई अनुमोदन गरेर अन्तर्वार्ता समिति गठन गर्ने कार्यसूची आजकाे बैठकको छ ।