इलामकी युवन्तिका तामाङले सगरमाथा आरोहण गर्ने

इलामकी युवन्तिका तामाङले सगरमाथा आरोहण गर्ने

लोकसंवाद संवाददाता  |  पर्यटन  |  माघ १५, २०७८

काठमाडौँ । सूर्योदय नगरपालिका–१० इलाम निवासी २८ वर्षीय युवन्तिका तामाङ सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छिन् । सगरमाथा आरोहणका लागि अत्यन्त उत्साहित युवन्तिकाले सगरमाथाको लोबुचे पिकसम्मको ६११९ फिटसम्म उचाइको आरोहण गरिसकेकी छन् । 

इलाइट हिमालय एक्सपिड ट्रेडमार्फत आरोहण अध्ययन गरिरहेकी युवन्तिका सगरमाथा चढ्ने इलामकी प्रथम महिला आरोही हुनेछिन् । 

बाइक राइडिङलगायतका साहसिक खेलमा रुचि राख्ने युवन्तिकाको यो प्रयासले इलामको पर्यटनलाई अझ प्रचार गर्न  थप मद्दत पुग्नेछ । 

पर्वतारोहणको जोखिम उठाएर इलामको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउन प्रतिबद्ध युवन्तिकाको यो अभियान अत्यन्त खर्चिलो छ । यो युवा जोसलाई सबैले सहयोग गरेर उनको अभियानलाई सफल बनाउन इलाम विकास समाज, काठमाडौँका अध्यक्ष राधेश्याम लेकालीले अपिल पनि गरेका छन् ।