समृद्धि चाहानुहुन्छ ? भगवान विष्णुलाई यी वस्तु चढाउनुस्

समृद्धि चाहानुहुन्छ ? भगवान विष्णुलाई यी वस्तु चढाउनुस्

लोकसंवाद संवाददाता  |  जीवनशैली  |  जेठ २, २०७६

काठमाडौं । सृष्टिका पालनकर्ता मानिने भगवान विष्णुको पूजाअर्चना बिहीबार गर्नुपर्छ भन्ने मान्यता छ । यस दिन भगवान विष्णुको पूजाअर्चना गर्नेहरूले पहेलो रङका वस्तुको अत्यधिक उपयोग गर्छन् । गुड तथा चना भगवान विष्णुलाई अर्पित गर्छन् ।

तर, के भगवान विष्णुलाई गुड वा चना चढाए खुसी हुन्छन् त ? 

अहँ, हुँदैनन् ।  

शास्त्रसम्बन्धी जानकारका अनुसार भगवान विष्णुलाई खीर तथा हलुवा धेरै मनपर्छ । त्यसकारण भगवान विष्णुको पूजा गर्दा यिनै वस्तु चढाउनुपर्ने शास्त्रसम्बन्धी जानकार बताउँछन् । उनीहरूका अनुसार भगवान विष्णुलाई शुद्ध दूध तथा चामलले बनेको खीर वा सूजीको हलुवा चढाउनुपर्छ ।

लक्ष्मीनारायण मन्दिरमा आइतबार र बिहीबार खीर वा हलुवा चढाए भगवान लक्ष्मी र नारायण दुवैको कृपा रहने तथा धन–समृद्धि हुने मान्यता छ ।