शेयर बजारमा हरियाली

शेयर बजारमा हरियाली

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ १६, २०७८

साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा हरियाली छाएको छ । बजार खुलेको केही बेरमै ७८ अंकले बजार बढेको छ ।

नेपाल लघुवित्तीय संस्था, नेपाल इन्फ्राइन्टक्चर बैंक, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, लिवर्टी इनर्जी कम्पनी लिमिटेड, शुभश्री हाइड्रो पावर कम्पनीलगायतले आजको बजारमा हरियाली ल्याउन सहयोग गरेका छन् ।

बजार खुलेसँगै कुमारी इक्विटी फन्ट, निफ्रा, पोखरा फाइनान्स, एचआईडीसीएल, लुम्बिनी जनरल इन्सुरेन्सलगायतको माग बढिरहेको छ । सरकारले स्थानीय तहको निर्वाचन निर्धारित समयमै गर्ने घोषणा गरेसँगै शेयर बजारमा सुधार देखिएको छ ।