कसैलाई नभन्नुस् यी पाँच कुरा

कसैलाई नभन्नुस् यी पाँच कुरा

लोकसंवाद संवाददाता  |  जीवनशैली  |  जेठ २, २०७६

काठमाडौं । मानिसको जीवनमा सुख र दुःख आइरहन्छ । यो जीवनको हिस्सा पनि हो । त्यसकारण प्रतिकूल परिस्थितिमा पनि कहिल्यै पनि आत्तिनु हुँदैन । बरु यसको मुकाबिला गर्नुपर्छ । तर, जीवनमा केही कुरा यस्ता हुन्छन्, जो अरुलाई भन्नुहुँदैन ।

गुरु मन्त्र

यदि तपाईंले आफ्नो गुरुसँग मन्त्र लिनुभएको छ भने त्यसलाई गोपनीय नै राख्नुपर्छ । गुरु मन्त्र गोपीनय राखिए मात्रै त्यो सिद्ध हुन्छ ।

दान

शास्त्रमा गुप्त दानको विशेष महत्व रहेको उल्लेख छ । जो व्यक्ति गुप्त दान गर्छन्, तिनले पुण्यसँगै देवी–देवताको आशीर्वाद मिल्छन् । अरुलाई भनेर दान गरिए फल मिल्दैन ।

पति–पत्नीको कुरा

पती–पत्नीबीच भएको वाद–विवाद कहिल्यै पनि अरुलाई भन्नुहुँदैन । यसबाट अरुले फाइदा लिन सक्छन् ।

उमेर

आफूलाई जवान देखाउन अधिकांश मानिस अरुलाई आफ्नो उमेर लुकाउँछन् । तर, दोस्रो व्यक्तिको तुलनामा आफूसँग उमेर लुकाउनु फाइदाजनक हुन्छ । उमेर आफूमाथि हावी हुन नदिए ऊर्जा र उत्साहमा कमी आउँदैन ।

औषधि

आफूले प्रयोग गर्ने औषधि अरु मानिससँग लुकाएर राखे यसको असर चाडै देखिन्छ । यससँगै औषधीलाई प्रकाश र गर्मीबाट पनि टाढा राख्नुपर्छ ।

– एजेन्सीको सहयोगमा