नेपाली सर्ट फिल्म ‘शंका’ सार्वजनिक

नेपाली सर्ट फिल्म ‘शंका’ सार्वजनिक

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  माघ १६, २०७८

अमेरिकामा रहेर फिल्म, भिडियो निर्माण तथा निर्देशनमा सक्रिय निर्देशक सुमन दाहालको निर्देशनमा अमेरिकाबाट नेपाली सर्ट फिल्म ‘शंका’ सार्वजनिक गरिएको छ । यो सर्ट फिल्म सम्राट क्रियसन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

फिल्मकोे छायांकन अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीको लेक्सिनटन शहर र यसको आसपासका क्षेत्रमा गरिएको छ । फिल्ममा चूडामणि अवस्थी, सविता चौलागाईं केसी, विष्णु डुम्रे, भुवन लोहनी, सन्दीप अर्याललगायतको अभिनय छ ।

चूडामणि अवस्थीको कथा, अक्की शर्माको छायांकन रहेको यस फिल्ममा सन्दीप अर्यालले व्यवस्थापनको काम गरेका छन्, जसमा भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ । रेनिश फागोको कलर र मुकेश साहको मिक्सिङ तथा एलिस कार्कीको पार्श्र्व संगीत रहेको फिल्ममा सुदन डोटेल र सरोज प्याकुरेलले सबटाइटल गरेका छन् ।

श्रीमान्-श्रीमतीबीचमा हुने शंकाले कस्तो अवस्था निम्त्याउँछ भन्ने कुरा फिल्ममा समेटिएको निर्माण पक्षले जनाएको छ । ‘मन परेपछि’, ‘नो स्मोकिङ’ जस्ता फिल्म निर्देशन गरेका सुमन नेपाल चलचित्र निर्देशक समाजका पूर्वउपाध्यक्ष हुन् ।