१०५ अंकले बढ्यो नेप्से, सबै परिसूचक हरियाली

१०५ अंकले बढ्यो नेप्से, सबै परिसूचक हरियाली

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ १६, २०७८

साताको पहिलो दिन शेयर बजार १०५ अंकले बढेको छ । नेप्सेका सबै परिसूचकमा हरियाली छाएको छ । 

आइतबार कारोबार बन्द हुने समयमा नेप्से १०५.५५ अंकले बढेर २ हजार ८८५ बिन्दुमा पुगेको छ । नेप्सेमा ३.८ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार बैंकिङ, ट्रेडिङ, विकास बैंक, इन्भेस्टमेन्ट, हाइड्रोपावरलगायत सबै सूचकमा वृद्धि भएको छ । सबैभन्दा बढी विकास बैंकको सूचक ६.५६ अंकले बढेको छ ।

आइतबार सबैभन्दा बढी निफ्रा जलविद्युत् १० अंकले बढेको छ । आइतबार एक करोड २१ लाखभन्दा बढी शेयर किनबेच हुँदा ६ अर्ब ३२ करोड ४२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 

सरकारले स्थानीय तहको निर्वाचन जेठमै गर्ने तयारी गरेसँगै शेयर बजारमा सुधार देखिएको विश्लेषकहरूले बताएका छन् ।