शहीदहरूप्रति

शहीदहरूप्रति

लोकसंवाद संवाददाता  |  साहित्य  |  माघ १६, २०७८

तिमी अग्लो आदर्श
 बज्रको इमान
स्वाधिन सन्देश
हाम्रो उज्यालो खोज्ने 
बीरताको वंश 
सलाम तिम्रो वैभवलाई  ।
सम्मान तिम्रो मुस्कानको अकबरी सपनालाई । 
अनागरिकलाइ सार्वभौम बन्न 
अँध्यारो जित्न 
तिमी सूर्य चन्द्र हौ
तिमी मर्यादा हौ ।
सलाम तिम्रो सत्य न्याय र समानताको मार्गलाई
सलाम तिम्रो उज्यालोको खोजिको यात्रालाई 
सलाम हाम्रो आयाम वदल्ने तिम्रो कुर्बानीलाई  
श्रध्दासुमन बीर शहिदहरुलाई ।।