अमेजनको कर्मचारीलाई अफर- जागिर छाडेर बिजनेस सुरु गर्नुस्, कम्पनीले लगानी गर्छ

अमेजनको कर्मचारीलाई अफर- जागिर छाडेर बिजनेस सुरु गर्नुस्, कम्पनीले लगानी गर्छ

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २, २०७६

न्युयोर्क । विश्वको सबैभन्दा ठूलो इ-कमर्स कम्पनी अमेजनले कर्मचारीलाई जागिर छाडेर डेलिभरी बिजनेस गराउने अफर ल्याएको छ ।

सामानको डेलिभरी बढाउन अफर ल्याइएको कम्पनीले जनाएको छ । अहिले कम्पनीले अर्डर लिएको दुई दिनमा मात्रै ग्राहकलाई सामान डेलिभरी गरिरहेको छ । तर, कम्पनीले एक दिनमै ग्राहकलाई सामान डेलिभरी गर्न चाहान्छ । यो अफर गर्न चाहने कर्मचारीलाई कम्पनीले ७ लाख रूपैयाँ र जागिर छाडेको तीन महिनासम्मको तलब दिनेछ ।

अहिले अमेजनले अधिकांश डेलिभरी पोस्ट अफिस तथा कुरियर कम्पनीबाट गर्ने गरेको छ । यी कम्पनीको सेवा राम्रो भए पनि अमेजनले डेलिभरीमा पनि आफ्नो नियन्त्रण राख्न चाहान्छ । त्यसकारण यो अफर ल्याइएको अमेजनले जनाएको छ ।

यो स्किमअन्तर्गत दुई सय कर्मचारीले बिजनेस सुरु गरेको अमेजनले जनाएको छ ।

– एजेन्सीको सहयोगमा