एमाले अध्यक्ष ओलीलाई  कारबाही गर्न भक्तपुर जिल्ला प्रशासन कार्यालयमा उजुरी

एमाले अध्यक्ष ओलीलाई  कारबाही गर्न भक्तपुर जिल्ला प्रशासन कार्यालयमा उजुरी

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १६, २०७८

काठमाडौँ ।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्न माग गर्दै भक्तपुर जिल्ला प्रशासन कार्यालयमा निवेदन परेको छ । संक्रामक रोग ऐन २०२० विपरीत कार्य गरेको भन्दै सूर्यविनायक नगरपालिका भक्तपुरका अभिजित अधिकारीले उनीविरुद्ध उजुरी गरेका हुन् ।

कोरोना संक्रमण हुँदा पनि ओलीले सार्वजनिक स्थलमा जानीजानी अन्य व्यक्तिहरूसँग सम्पर्कमा आई कोरोना संक्रमण फैलाउने कार्य गरेको निवेदनमा आरोप लगाइएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली आफू कोभिड संक्रमित भएकै बेला एमाले भ्रातृ संगठन युवा संघले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए । 'ओलीको उपस्थिति र उल्लेखित भाषणको बारेमा विभिन्न पत्र पत्रिका एवं सञ्चार सम्प्रेषण भएका छन्। उक्त समाचार र तस्बिर निवेदनका साथ सम्प्रेसण गर्दछौं,' उजुरी पत्रमा भनिएको छ ।