एमसीसी पास गर्न प्रधानमन्त्रीको दबाबपछि गठबन्धनभित्रका दल अन्योलमा

एमसीसी पास गर्न प्रधानमन्त्रीको दबाबपछि गठबन्धनभित्रका दल अन्योलमा

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १७, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी प्रस्ताव पास गर्न गठबन्धनभित्र दबाब दिन थालेका छन् । प्रधानमन्त्रीले दबाब दिन थालेपछि गठबन्धानमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री देउवासँग केही समय मागेका छन् । 

स्रोतका अनुसार प्रचण्ड-नेपालले प्रधानमन्त्रीको प्रस्तावमाथि छलफलका लागि केही समय मागेका हुन् । यस्तै, प्रधानमन्त्री देउवाले एमसीसी प्रस्ताव पास गर्ने संकेत देखिएपछि सभामुख अग्नि सापकोटाले अचानक संसद बैठकसमेत स्थगित गरेका छन् ।

यसअघि सभामुखले १६ माघमा प्रतिनिधि सभाको बैठक तोकेका थिए । ‘प्रधानमन्त्रीबाट एमसीसी प्रस्ताव आउने संकेतकै कारण उनले २६ माघलाई संसद बैठक तोकेका छन् । अमेरिकाले पनि नेपालले १ फेब्रुअरीसम्ममा एमसीसी प्रस्ताव पास नगरे यो कार्यक्रम नै फिर्ता लैजाने जनाएको छ ।