एउटा फोटो खिचेर लान्छु है.... म्युजिक भिडियो रिलिज (भिडियोसहित)

एउटा फोटो खिचेर लान्छु है.... म्युजिक भिडियो रिलिज (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  माघ १७, २०७८

डिलाईटेड नेपाल युट्युब च्यानल (Delighted Nepal) मार्फत नयाँ लोक दोहोरी गीत एउटा फोटो खिचेर लान्छु है..बजारमा आएको छ । 

लोक दोहोरी गायनमा अत्यन्तै लोकप्रिय गायक रामजी खाँड र गायिका लक्ष्मी खड्काले गाएको गीत निकै नै कर्णप्रिय बनेको छ दोहोरी गीत संगीतमा परिचय बनाइसकेका जीवन प्याकुरेलको संगीत एवं रचना रहेको छ । गीतकार डी पी दाहाल परिश्रमीको परिकल्पना एवं संयोजन रहेको गीतको प्रस्तुतिकर्ता रिता सिम्खडा दाहाल हुनुहुन्छ 

यो गीत मारुनी रेकडिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो । डिलाईटेड म्युजिक ईष्डष्टीज प्रालिले उत्पादन तथा वितरण गरेको एउटा फोटो खिचेर लान्छु है... ? सुन्न लायक मिठो श्रृजना बनेको छ । गुरुआमा फिल्मस् प्रा.लिको उत्पादन सहयोग रहेको यस गीतको भिडियो निर्देशन स्मृति तिमिल्सीना गुरुआमाले गर्नु भएको छ । भिडियो सम्पादन प्रकाश धमला, छायांकन सुरेश श्रेष्ठ, एरेन्ज कमल सौराग, रेकर्डिष्ट सुमन । खुमन राना, मिक्सीड कुमार रानाको रहेको छ । 

एउटा फोटो खिचेर लान्छु है.... म्युजिक भिडियो यहाँ क्लिक गरेर हेर्न सकिन्छ