नेकपाका २२ जनसंगठनले पाए नेतृत्व

नेकपाका २२ जनसंगठनले पाए नेतृत्व

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ३, २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी एकता भएको एक बर्षपछि जनवर्गीय संगठनको संयोजक र सहसंयोजकको टुंगो लगाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा २०७६ जेठ २ गते बिहीबार  सम्पन्न सचिवालय बैठकले पूर्वएमाले र पूर्वमाओवादीको भागबण्डा गरी संयोजक र सहसंयोजकको टुंगो लगाएको हो।

सचिवालयको निर्णयअनुसार सचिवालय सदस्य बामदेव गौतम पुन किसान महासंघको नेतृत्वमा आएका छन्। गौतम संयोजक र सहसंयोजकमा पूर्वमाओवादीका सहसंयोजकमा चित्रबहादुर श्रेष्ठ चयन भएका छन्।

प्रेस संगठन नेपालको संयोजकमा महेश्वर दाहाल र सहसंयोजकमा गणेश बस्नेत चयन भएका छन्। संयोजक दाहाल पूर्वमाओवादी भातृसंगठन प्रेस सेन्टर नेपालका अध्यक्ष र सहसंयोजक बस्नेत पूर्वएमाले भातृसंगठन प्रेस चौतारी नेपालका अध्यक्ष हुन्। 

यसैगरी पेशागत महासंघमा बिश्वनाथ प्याकुरेल संयोजक र दयाराम बस्याल सहसंयोजक भएका छन्। प्याकुरेल पूर्वएमाले र बस्याल पूर्वमाओवादी हुन्। यसैगरी भूपू सैनिकमा पूर्वएमालेका धनबहादुर चन्द र सहसंयोजकमा पूर्वमाओवादीका मिठाराम केसी, अपांगतातर्फ पूर्वमाओवादीकी इन्द्रमाया गुरुङ र सहसंयोजकमा पूर्वएमालेका रामप्रसाद ढुंगाना चयन भएका छन्। 

यसैगरी जनसांस्कृतिक महासंघमा पूर्वएमालेका खगेन्द्र राई संयोजक, पूर्वमाओवादीका सरल सहयात्री सहसंयोजक, उद्योगी ब्यवसायीमा पूर्वएमालेका लक्ष्मीदास मानन्धर संयोजक, पूर्वएमालेका श्याम पाठक सहसंयोजक, खेलकुद महासंघमा पूर्वएमालेका पुरुषोत्तम पौडेल संयोजक, पूर्वमाओवादीका शिव कोइराला सहसंयोजक, बुद्धिजिवितर्फ पूर्वएमालेका डा दिनेशचन्द्र देवकोटा संयोजक, पूर्वमाओवादीका कृष्ण केसी सहसंयोजक, भूमीहीनतर्फ पूर्वएमालेका रामप्रित पासवान संयोजक र पूर्वमाओवादीका पदम राई सहसंयोजक रहेका छन्। 

यसैगरी जनजाती महासंघमा पूर्वमाओवादीका सुरेश आलेमगर संयोजक, पूर्वएमालेका शेरबहादुर तामाङ सहसंयोजक, मानवअधिकार एलाइन्समा पूर्वएमालेका मीनबहादुर शाही संयोजक, पूर्वमाओवादीका हुकुम पोखरेल सहसंयोजक, दलितमा पूर्वमाओवादीका तीलक परियार संयोजक, पूर्वएमालेका बमबहादुर बिक सहसंयोजक, मुस्लिमतर्फ पूर्वएमालेका सिराज अहमद फारुकी संयोजक र पूर्वमाओवादीका अत्तहर हुनेस फारुकी सहसंयोजक, महिलातर्फ पूर्वमाओवादीकी अमृता थापा संयोजक, पूर्वएमालेकी सीता पौडेल सहसंयोजक चयन भएका छन्।

यसैगरी मजदुरतर्फ पूर्वएमालेका बिनोद श्रेष्ठ संयोजक, पूर्वमाओवादीका जगत सिंखडा सहसंयोजक, युवातर्फ पूर्वमाओवादीका रामप्रसाद सापकोटा दिपशिखा संयोजक र पूर्वएमालेका रमेश पौडेल सहसंयोजक तथा बिद्यार्थीतर्फ पूर्वएमालेका ऐन महर संयोजक र पूर्वमाओवादीका रञ्जित तामाङ सहसंयोजक चयन भएका छन्।