सुनको मूल्य ताेलामा ३०० रुपैयाँ बढ्यो

सुनको मूल्य ताेलामा ३०० रुपैयाँ बढ्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ १९, २०७८

सुनको भाउ बुधबार प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ कायम भएको छ । मंगलबार भने छापावाल सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी बुधबार तेजावी सुनको भाउ तोलाको ९१ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । 

चाँदीको मूल्य पनि बढेको देखिन्छ  । मंगलबार एक हजार २४० रुपैयाँमा  कारोबार भएको चाँदी बुधबार १५ रुपैयाँको दरले बढेर प्रतिलोलाको  एक हजार २५५ रुपैयाँ  निर्धारण भएको छ ।