एमालेः ७७ वटै जिल्ला कमिटीमा आइटी विज्ञ राख्ने

एमालेः ७७ वटै जिल्ला कमिटीमा आइटी विज्ञ राख्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ १९, २०७८

काठमाडौँ । नेकपा एमालेले ७७ वटै जिल्ला कमिटीहरुमा आइटी विज्ञ नियुक्त गर्ने भएको छ ।  बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकलेआइटी विज्ञ नियुक्त गर्ने निर्णय हो । केन्द्रीय कार्यालयसँग प्रत्यक्ष जोडिनका लागि हरेक जिल्लाका पार्टी कार्यालयमा आइटी विज्ञ राख्ने निर्णय भएको  प्रचार विभाग प्रमुख एवम् पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए ।

‘केन्द्रीय कार्यालयसँग प्रत्यक्ष जोडिनका लागि हरेक जिल्लाका पार्टी कार्यालयमा आइटी विज्ञ राख्ने निर्णय भएको छ’ उनले भने । 

फागुन र चैत महिनासम्म सदस्यता वितरण र नविकरण गर्ने निर्णय सचिवालय बैठकले गरेको छ ।  प्रदेश र जिल्लामा नविकरण र अद्यावधिक पनि गरिने उनले बताए । नियमावली अनुसार पार्टी सदस्यता शुल्क केन्द्रमा ४०, प्रदेशमा ३० जिल्ला २५ र पालिका १० प्रतिशत राख्ने निर्णय भएको उनले जानकारी दिए ।