अफ्रिका कप अफ नेसन्सः  फाइनलमा सेनेगल

अफ्रिका कप अफ नेसन्सः  फाइनलमा सेनेगल

लोकसंवाद संवाददाता  |  खेलकुद  |  माघ २०, २०७८

काठमाडौँ  ।  बुर्किना फासोलाई पराजित गर्दै सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा सेनेगलले बुर्किनालाई ३-१ गाेल अन्तरले हराएकाे हाे ।  साडियो माने, इड्रीशा  र अब्दोउ डियालोको गोलमा सेनेगलले सहज जितसंगै तेस्रो पटक फाइनल यात्रा तय गरेकाे हाे । 

अब सेनेगलले इजिप्ट र आयोजक क्यामरुनबीचको विजेतासंग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।