सुनको मूल्य ५०० रुपैयाँले बढ्यो

सुनको मूल्य ५०० रुपैयाँले बढ्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ २०, २०७८

नेपाली बजारमा बुधबार सुनकाे मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबार भने छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार एक हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि त्यही मूल्यमा किनबेच भएको महासंघले जनाएकाे छ ।