मोरिससका राष्ट्रिय खेलाडी सम्मानित

मोरिससका राष्ट्रिय खेलाडी सम्मानित

लोकसंवाद संवाददाता  |  खेलकुद  |  माघ २०, २०७८

नेपाल-मोरिसस बिजनेस काउन्सिलले मोरिससको राष्ट्रिय फुटबल टोली र त्यहाँको प्रमण्डललाई बुधबार सम्मान गरेको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा मोरिससका लागि मानार्थ वाणिज्यदूत गणेश कार्कीले त्यहाँको प्रमण्डलका प्रमुख ओजेयर जाउनो र खेलको टोली नेता अचार्ड बुरानीलगायत खेलाडीलाई सम्मानित गर्दै नेपाल र मोरिसियलबीचकै मैत्रीपूर्ण खेलले २ देशबीचको सुमधुर सम्बन्ध अझ प्रगाढ हुन योगदान पुग्ने बताउनुभयो ।

अखिल नेपाल फुलबल महासंघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलका माध्यमबाट २ देशबीचको सम्बन्ध विस्तार हुने अपेक्षा व्यक्त गरे । काउन्सिलका अध्यक्ष बटु लामिछानेले खेलका साथै व्यवसायका क्षेत्रमा पनि आगामी दिनमा २ देशबीचको सम्बन्ध विस्तार हुने विश्वास व्यक्त गरे ।