जोरपाटीमा डिशहोम फाइबर नेटको सह–वितरण सो रुमको समुद्घाटन

जोरपाटीमा डिशहोम फाइबर नेटको सह–वितरण सो रुमको समुद्घाटन

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ २०, २०७८

काठमाडौँ ।नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबर नेटले काठमाण्डौँको जोरपाटीमा पनि सह–वितरण सो रुमको शुभारम्भ गरेको छ ।

माघ १९ देखी डिशहोम फाइबर नेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सो रुमको सञ्चालन दीपा ईम्पेक्सले गर्नेछ ।

सो रुम समुद्घाटन, डिशहोमका तर्फबाट नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स  म्यानेजर उज्ज्वल न्यौपाने र सेल्स अफिसर मदन सापकोटाको उपस्थितिमा सम्पन्न भएको थियो ।

विगत लामो समय देखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिश होमको डिटिएच सेवा ग्राहकहरूमाझ पुर्‍याउँदै आएको दीपा ईम्पेक्सले अब डिशहोम फाइबर नेट बिक्री र विक्री पछिको सेवा नयाँ सो रुम मार्फत दिनेछ। 

१५ सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाइबर नेटको सेवा उपलब्ध गराई सकेको दीपा ईम्पेक्सले अव अझ बढी ग्राहकहरुको माझ पुग्नको लागी पनि यस नयाँ सो रुमले मद्दत गर्ने दीपा ईम्पेक्सका संचालक सुवास तिमिल्सीनाले जानकारी दिनुभयो ।