पशुपति क्षेत्रमा अवैध फूल-उपहार पसल र टहरा हटाइँदै

पशुपति क्षेत्रमा अवैध फूल-उपहार पसल र टहरा हटाइँदै

लोकसंवाद संवाददाता  |  समाज  |  माघ २१, २०७८

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर आसपासमा रहेका फूल, उपहार पसल र टहरा हटाउन १५ दिने अल्टिमेटम दिएको छ ।

पशुपति क्षेत्रको सौन्दर्यमा नकरात्मक असर पर्ने तथा भक्तजन, तीर्थयात्री, पर्यटक र पैदलयात्रीको आवागमनमा समेत अवरोध पुगेको भन्दै फूल, उपहार पसल र टहरा हटाउन निर्देशन दिइएको हो । 

कोषका अनुसार मुख्यतः पशुपति क्षेत्रका मूल सडक, सहायक सडकहरूका पेटी, डबली र खुला चौर, कैलाश डाँडा तथा मृगस्थली, गोरखनाथ क्षेत्र, वन गणेश, पञ्चदेवल वृद्धाश्रम, भकुन्डोल क्षेत्रका फूल, उपहार पसल र टहरा हटाउनुपर्नेछ ।

१५ दिनभित्र अर्थात् ३ फागुनभित्र खाली गर्न सूचना जारी गरेको कोषले सो समयभित्र खाली नगरेमा आफैँ हटाउने चेतावनी दिएकाे छ ।