सय आरोही सगरमाथा शिखरमा

सय आरोही सगरमाथा शिखरमा

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ३, २०७६

सोलुखुम्बु । सगरमाथा आरोहणको तेस्रो दिन बिहीबार करिब सयजनाले सगरमाथाको आरोहण गरेका छन् । वसन्त ऋतुमा आरोहण अनुमति पाएका आरोही अहिले शिखरतर्फ धामधम गइरहेको नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार बिहीबार विदेशी र नेपाली गरि करिब सयजनाले आरोहणमा सफलता पाएका हुन् ।

पहिलो दिन मंगलबार आठजना गाइडले बाटो बनाउँदै शिखर पुगेपछि यो यामको आरोहण सुरु भएको थियो । बुधबार करिब ५० आरोही शिखरमा पुगेको सम्पर्क अधिकृत श्रेष्ठले आधारशिविरबाट जानकारी दिए । यो याममा पर्यटन विभागबाट सगरमाथा आरोहणका लागि ४१ समूहका तीन सय ७८ आरोहीले अनुमति पाएका छन्, जसमा १३ नेपाली छन् । आधार शिविरमा आरोहीका सहयोगी, सरकारका सम्पर्क अधिकृत छन् भने त्यसभन्दा माथि आरोहण दलका सदस्यहरू छन् । क्याम्प ४ सम्म आरोहीका लागि आवश्यक अक्सिजनदेखि खानेकुराको बन्दोबस्तीका साथ राखिएको बताइएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।