सिन्धुपाल्चोकमा विजय तामाङले अन्धाधुन्ध खुकुरी प्रहार गरी दुई जनाको हत्या

सिन्धुपाल्चोकमा विजय तामाङले अन्धाधुन्ध खुकुरी प्रहार गरी दुई जनाको हत्या

लोकसंवाद संवाददाता  |  अपराध  |  माघ २४, २०७८

सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका ७ माथिल्लो चिम्लिङमा अन्धाधुन्ध खुकुरी प्रहार गरी दुई जनाको हत्या भएको छ ।

चिम्लिङका  विजय तामाङले मादक पदार्थ सेवन गरी सोही ठाउँका ७० वर्षका बासु माया तामाङ र ५९ वर्षका सन्त वीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । 

हत्यापछि फरार भएका छन् । फरार तामाङको खोजी कार्य जारी रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।