सुनको मूल्य १०० ले बढ्यो

सुनको मूल्य १०० ले बढ्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ २४, २०७८

साताकाे दाेस्राे दिन साेमबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १०० रुपैयाँले बढेको छ ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाकाे ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुनको भाउ तोलामा ९२ हजार १०० रुपैयाँ निर्धारण भएको छ । 

चाँदीको मूल्य प्रतितोलामा ५ रुपैयाँले बढेको छ  । शुक्रबार १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी साेमबार प्रतितोलामा १ हजार २५५ रुपैयाँ निर्धारण भएको छ ।