बालाजुको लोलङ हाइटमा डिशहोम फाइबर नेटको सह–वितरण स्वरुमको समुद्घाटन

बालाजुको लोलङ हाइटमा डिशहोम फाइबर नेटको सह–वितरण स्वरुमको समुद्घाटन

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ २४, २०७८

ललितपुर । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबर नेटले काठमाडौँ बालाजु को लोलङ हाइट पनि सह–वितरण स्वरुमको शुभारम्भ गरेको छ ।

माघ २३ देखी डिशहोम फाइबर नेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो स्वरुमको सञ्चालन बालाजु ईलेक्टि ट्रदेर्सले गर्नेछ । सो रुम समुद्घाटन, डिशहोमका तर्फबाट नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स  म्यानेजर उज्ज्वल न्यौपाने र सेल्स अफिसर राम सुन्दर सिलाकर र रविन थापा को उपस्थितिमा सम्पन्न भएको थियो ।

विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डिटिएच सेवा ग्राहकहरूमाझ पुर्‍याउँदै आएको बालाजु ईलेकट्रिक  ट्रदेर्सले अब डिशहोम फाइबर नेट बिक्री र विक्री पछिको सेवा नयाँ सो रुम मार्फत दिनेछ। 

१ हजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाइबर नेटको सेवा उपलब्ध गराई सकेको बालाजु ईलेकट्रिक ट्रदेर्सले अव अझ बढी ग्राहकहरुकोमाझ पुग्नको लागी पनि यस नयाँ सो रुमले मद्दत गर्ने बालाजु ईलेकट्रिक ट्रदेर्सका सञ्चालक मानव श्रेष्ठ ले जानकारी दिनुभयो ।